२३ बैशाख २०८१, आईतवार
Follow Us

संगीता मरहट्टाले दिइन् एनआरएनए महिला संयोजकमा उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७८, सोमबार १२:३७

लण्डन । गैरआवासीय नेपाली संघको महिला संयोजकमा संगीता मरहट्टाले उम्मेदवारी दिएकी छन् । उनले मार्च तेस्रो साता हुने संघको निर्वाचनको लागि सोमवार मनोनयन दर्ता गरेकी हुन् ।

गोरखा जिल्लामा जन्मिनुभएकी मरहट्टा दुई दशकभन्दा लामो समयदेखि बेलायतमा बसोबास गर्दै आईरहनुभएको छ । एक दशक भन्दा बढी बेलायतस्थित बीबीसी नेपाली सेवामा काम गनुभएकी मरहट्टा हाल लण्डनमा एक सफल व्यवसायीका रुपमा स्थापित भैसक्नुभएको छ । उहाँ आगामी कार्यकालका लागि महिला संयोजककी प्रत्यासी हुनुहुन्छ ।

नेपालमा छँदादेखि नैं पत्रकारितामा संलग्न उहाँले लण्डनमा रहेर पनि उक्त पेशालाई निरन्तरता दिइरहनु भएको छ । एक दशकअघि गैर आवासीय नेपाली संघमा संलग्न मरहट्टा एनआरएनए युकेको महिला संयोजक, सचिव, आइसीसी सदस्य, युरोप क्षेत्रीय महिला उपसंयोजक रहेर काम गरिसक्नुभएको छ । उहाँ हाल एनआरएनएको मानार्थ परिषद सदस्य हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालय बाट अंग्रेजी साहित्य र पत्रकारितामा स्नातक गर्नुभएकी मरहट्टाले बेलायतस्थित कार्डिफ विश्वविद्यालयबाट प्रसारण पत्रकारितामा डिप्लोमा र वेष्टमिन्स्टर विश्वविदालयबाट पत्रकारितामा स्नातकोत्तर गर्नुभएको छ । एनआरएनएका सबै क्षेत्रीय तथा विश्व सम्मेलनमा भाग लिँदै उहाँले प्रवासी नेपाली महिलाका मुद्धालाई जोडदार रुपमा उठाउंदै आउनुभएको छ ।