२८ असार २०८२, शनिबार
Follow Us

दुबै पक्षलाई निर्वाचन रोकेर छलफलमा आउन पाटन उच्चअदालतको अन्तरिम आदेश

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७८, सोमबार ०८:४१

लण्डन । पटन उच्च अदालतले गैरआवासीय नेपाली संघको निर्वाचन रोकेर छलफलमा आउन अन्तरिम आदेश दिएको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले सोही अदालतको आदेश विपरित निर्वाचनको घोषणा गरे पछि दुवै पक्षलाई अदालतले बोलाएको हो ।

अदालतले निर्वाचन र महाधिवेशन प्रक्रिया तत्काल रोक्नका लागि पाटन उच्च अदालतले ९ चैत्र सम्मका लागी अन्तरिम आदेश जारी गरेको छ ।

माननीय न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बुधबार (चैत्र ९ गते) बोलाउने र त्यतिन्जेल सम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न सोमबार अन्तरिम अल्पकालीन आदेश दिएको हो।

९ चैत्र दुबै पक्षलाई आ आफ्नो प्रमाणहरु सहित छलफलका लागी अदालतले बोलाएको छ ।

छलफलका लागि दुबै पक्षहरुलाई बुधवार झिकाईने भएको छ ।
अदालतको आदेशपछि घले पछि घले समूहले निर्वाचन गराएमा मानहानिको मुद्धा दर्ता गर्ने तयारी गरिएको छ ।

अदालतको फैसला पछि सहमतीको लागी नेतृत्वलाई दवाव बढेको छ ।

धेरै पढिएको