२० बैशाख २०८१, बिहीबार
Follow Us

शेष घलेले किन त्यसो गर्नु भयो मैले बुझ्न सकिन् : प्रचण्ड (भिडियो)

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७८, मंगलवार १८:१४

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीले नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा अध्यक्ष प्रचण्डले संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए।

भेटका अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मेलनले लिएका प्रतिवद्धताबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको विकासमा विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताएका थिए।

उनले गैरआवासीय नेपाली संघ एकजुट भएकोमा आफू एकदम खुसी भएको बताए।

‘यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईहरुले दिएको सन्देश हो,’ उनले भने, ‘अप्ठ्यारोको बीचबाट पनि नेपालीहरुले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा। नेपालीहरुले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’

प्रचण्डले संस्थापक समूहतर्फ नै बहुमत भएकाले आधिकारिकता पाउने समेत दावी गरे। उनले शेष घलेलाई पनि मुलधारमा फर्किन आग्रह गरेका थिए।