२१ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकारको मिर्गौला जाँच

नेपालब्रिटेन डट कम्
२९ माघ २०७३, शनिबार ०४:३३

बागलुङ । यहाँ क्रियाशील पत्रकारको शुक्रबार निःशुल्क मिर्गाैला जाँच गरिएको छ । नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको शिविरमा पत्रकार र केही अन्य गरी ८४ जनाको मिर्गाैला परीक्षण गरिएको धौलागिरि अञ्चल अस्पतालले जनाएको छ । शिविर चलाउन अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले प्राविधिक सहयोग गरेका थिए ।
मिर्गाैलाबारे जनचेतना अभिवृद्धि गर्न शिविरबाट टेवा पुगेको शाखाका अध्यक्ष नरेश कँडेलले बताउनुभयो । जाँचका क्रममा कसैको पनि मिर्गौलामा समस्या नदेखिएको जनाइएको छ ।