२१ बैशाख २०८१, शुक्रबार
Follow Us

बारको नयाँ नेतृत्वका लागि मतगणना सुरु

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०७८, मंगलवार ०४:२४

काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । काठमाडौंसहित देशैभरीका ३४ मतदान केन्द्रवाट मतपेटिका राजधानी आएलगत्तै बिहान ९ बजेबाट मतगणना सुरु भएको हो ।

बारेको २६ औँ केन्द्रीय कार्यसमितिका अध्यक्षसहित ११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ताहरु मतदाताले मतदान प्रक्रियामा सहभागी भएका थिए । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच मुख्य प्रतिस्पर्धा छ ।