भारतवाट भागेका आईपीएल संस्थापक मोदीले पाए बेलायती नागरिकता
लन्डन। इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक ललित मोदीले शनिबार आफूले १५ सेप्टेम्बर २०२६ मा आधिकारिक रूपमा बेलायती नागरिकता प्राप्त गरेको घोषणा गरेका छन्।
उनले यसलाई आफ्नो जीवनको एक अत्यन्त व्यक्तिगत र गर्विलो उपलब्धि (माइलस्टोन) का रूपमा वर्णन गरेका छन्। प्रतिष्ठित अक्सफोर्ड युनियन लाई सम्बोधन गर्ने क्रममा यो खबर साझा गर्दै मोदीले एक विशेष नागरिकता समारोहमा आफ्नो परिवार र साथीभाइको उपस्थितिमा यो खुसीयाली मनाएको बताएका छन्।
“एक गौरवपूर्ण क्षण। एक नयाँ अध्याय। आज, मलाई अक्सफोर्ड युनियनलाई सम्बोधन गर्ने सौभाग्य मिल्यो, जहाँ मैले मेरो जीवनको एक अत्यन्त विशेष र व्यक्तिगत कोसेढुङ्गाबारे सार्वजनिक रूपमा साझा गरें। मलाई बेलायती नागरिक हुन पाएकोमा गर्व छ। १५ सेप्टेम्बर २०२६ मा, परिवार र साथीभाइको उपस्थितिमा मैले मेरो बेलायती नागरिकता प्राप्त गरेको खुसीयाली मनाएँ, यो एउटा यस्तो समारोह थियो जसले सधैं मेरो हृदयमा विशेष स्थान ओगट्नेछ। संयुक्त अधिराज्य (युनाइटेड किङडम) धेरै वर्षदेखि मेरो घर बनेको छ। यो एउटा यस्तो मुलुक हो, जसलाई म गहिरो सम्मान र कदर गर्छु, यहाँका मानिसहरू, संस्थाहरू, परम्पराहरू र मूल्यमान्यताहरूलाई म असाध्यै मन पराउँछु। बेलायती नागरिक बन्न पाउनु एक विशेष अवसर र जिम्मेवारी हो, जसलाई म गर्व, कृतज्ञता र अपनत्वको वास्तविक भावनाका साथ स्वीकार गर्छु,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले बेलायत धेरै वर्षदेखि आफ्नो घर रहँदै आएको बताउँदै त्यहाँका मानिसहरू, संस्थाहरू, परम्पराहरू र मूल्यमान्यताहरूप्रति गहिरो सम्मान व्यक्त गरे। मोदीले बेलायती नागरिक बन्नु केवल एक विशेषाधिकार मात्र नभई एउटा जिम्मेवारी पनि भएको स्पष्ट पार्दै यसलाई गर्व, कृतज्ञता र अपनत्वको बलियो भावनाका साथ स्वीकार गरेको बताए।
विभिन्न संस्कृति र अनुभवहरूमा आधारित आफ्नो जीवनयात्रालाई फर्केर हेर्दै उनले आफूले गर्वका साथ “आफ्नो घर” मान्ने देशमा सकारात्मक योगदान दिइरहने इच्छा व्यक्त गरे।
उनले यस स्मरणीय अवसरमा सहभागी भएकोमा आफ्नो परिवार, साथीभाइ र अक्सफोर्ड युनियनलाई धन्यवाद दिए। मोदीले राजा चार्ल्स तृतीयको जन्मदिनको अवसर पारेर यो घोषणा गर्न पाउनुलाई अझ विशेष क्षणका रूपमा उल्लेख गरे र आफ्नो भनाइको अन्त्यमा भने, “ईश्वरले राजाको रक्षा गरून् !”
उनले थपे, “मेरो जीवनयात्रा विभिन्न संस्कृति र अनुभवहरूबाट आकारित भएको छ। म गर्वका साथ ‘आफ्नो घर’ मान्ने यस देशमा सकारात्मक योगदान दिइरहने अपेक्षा राख्दछु। मेरो परिवार, साथीभाइ र यो यात्रामा जोडिएका सबैप्रति, साथै यो समाचार साझा गर्न यस्तो स्मरणीय अवसर प्रदान गर्ने अक्सफोर्ड युनियन प्रति म आभारी छु। यो एउटा नयाँ अध्याय हो, जसमा धेरै कुराको अपेक्षा गर्न सकिन्छ। अनि, राजा चार्ल्स तृतीयको जन्मदिनको दिन, यो क्षण साझा गर्नका लागि यो एक विशेष दिन हो। ईश्वरले राजाको रक्षा गरून् ! ललित मोदी, संस्थापक, आईपीएल ।”
उनी बैंकिङ घाेटालमा मुछिए पछि भारत छाडेर बेलायत गएका थिए । किंगफिसरका संस्थापकसमेत रहेका उनी भारतवाट भाग्नु अघि प्रतिष्ठित उधमीकाे रूपमा चिनिन्थे।

