२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएले ५० अरबको लगानी भित्राए सरकारले १० प्रतिशत लगानी थप गर्ने

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०७८, मंगलवार १५:००

लण्डन । गैरआवासीय नेपाली संघको सकृयतामा स्थापना हुन लागेको १० अरबको परियोजनालाई ५० अबर पुराएमा सरकारले थप १० प्रतिशत लगानी गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र अर्थमन्त्री जनार्दन शर्मासंग भेटमा मन्त्री शर्माले सो प्रतिबद्धता जाहेर गरेका हुन् ।

मन्त्री शर्माले गैरआवासीय नेपालीहरुले राष्ट्रको समृद्धिका लागि गरेको यागदानको प्रशंसा गरे। साथै उनले हाल गैरआवासीय नेपालीहरुको लगानीमा देखा परेको कानुनी अड्चनलाई फुकाएर अध्यधिक मात्रामा गैरआवासीय नेपालीहरुको लगानीलाई नेपाल भित्र्याउन नेपाल सरकार कटिबद्ध रहेको जानकारी दिए ।

अन्त्यमा संघका कार्यकारी अध्यक्ष आचार्यले यसको लागि विश्वभरीका नेपालीहरुलाई नेपालमा लगानी गर्नको लागि आह्वान समेत गर्नु भयो ।

भेटमा संघका अध्यक्ष आचार्यले हालै सम्पन्न भएको १० औं गैरआवासीय नेपाली विश्व सम्मेलनबाट आएका निम्न निष्कर्ष तथा योजनाहरुको कार्यान्वयनमा सहयोग र समन्वय गरिदिन अनुरोध गरे ।
भेटघाटमा एनआरएन नेपाल डेभलपमेण्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्टराईको उपस्थिति रहेको थियो ।

संघले मन्त्री शर्मा समक्ष १०० कोठाको आधुनिक सुविधा सम्पन्न वृद्धआश्रमम निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराईदिने , वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम संचालनमा ल्याउनकालागि पहल गरिदिने , नेपालको संविधान २०७२ मा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधयेक बनाएर यथासक्दो छिटो पारित गर्ने, कम्तिमा १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड सम्बन्धि भएका कानूनी बाधा अड्चनलाई फुकाउनका लागि सहजीकरण गरिदिने, वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति डलर २ पैसा संघको वैदेशिक रोजगार कलायणकारी कोषमा जम्मा गर्न सहजीकरण गरिदिने लगायतका माग राखेको थियो ।