२२ बैशाख २०८१, शनिबार
Follow Us

नवौं राष्ट्रिय खेलकुदमा विदेशमा रहेका नेपालीले १८ खेलमा भाग लिन पाउने, नाम दर्ता गर्न आग्रह

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७९, शुक्रबार ०२:५४

काठमाडौं । गण्डकी प्रदेशमा जेठ २२, जुन ५ देखी शुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैरआवासीय नेपालीहरुको संघले सहभागिता जनाउने भएको छ। यसअघि एनआरएनएले लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको थियो ।

त्यतिबेला संघले ६ खेलमा सहभागीता जनाएको थियो भने यो संस्करणको प्रतियोगितामा कम्तिमा १८ खेलमा सहभागीता जनाउने गरी तयारी अगाडि बढाएको छ। आठौं राष्ट्रिय खेलकुदमा संघका खेलाडीहरुले व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको थियो भने यस पटक सामूहिक खेलमा पनि सहभागिता जनाउने तयारी गरेको सदस्य सचिव धर्मराज गिरीले बताए।

त्यस्तै गैर आवासिय नेपाली संघ खेलकुद परिषदले सबै एनसीसीहरुले टिम निर्माणका लागि कम्तीमा एक हप्ता भित्र (२१ अप्रिलबाट २९ अप्रिल) सम्ममा आफ्नो आफ्नो एनसिसीहरुले आफ्नो देशमा रहेका खेलाडीहरुको खेल सहितको नाम लिस्ट उपलब्ध गराउन अपिल गरेको छ।

नवौं राष्ट्रिय खेलकुदमा भाग लिने खेलहरु

१)आर्चरी २) एथ्लेटिक्स ३) ब्याड्मिन्ट ४) बक्सिङ ५) चेस ६) क्रिकेट ७) फुटबल ८) जुडो ९) कराते १०) लन टेनिस ११) स्फ्ट टेनिस १२) स्वीमिङ १३) टेबल टेनिस १४) भलिबल १५) तेक्वान्दो १६) बास्केटबल १७) उसु १८) रग्बी

संपर्क ईमेल र भाईबर वाट्ससप नम्बर:

[email protected]
[email protected]
[email protected]
+9779818063682
+9779841209831