२७ श्रावण २०८२, मंगलवार
Follow Us

वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७९, आईतवार २२:२७

काठमाडौँ । सरकारले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा गरेको छ । झन्डै एकदशक देखि खाडीमा कार्यरत नेपाली श्रमिकहरुले आफूहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिन माग गर्दै आएका थिए ।

आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नीजि तथा अनौपचारिक क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजीक सुरक्षाको कोषबाट सन्चालित सामाजिक सुरक्षामा योजनामा क्रमशस् आबद्ध गरिदिने बताए छन् ।

सरकारले हाल नीजी क्षेत्रको औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको लागि मात्रै योगदानमा आधारित सामाजिक सुरक्षा कोष मार्फत सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गरेको छ । यसमा १६ हजार ८ सय ८७ रोजगारदाताले तीन लाख २० हजार ७ सय ४४ जना श्रमिकलाई आबद्ध गरेको छ । हालसम्म यो कोषमा १४ अर्ब ३८ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सञ्चय कोष कि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने भन्ने विवाद थियो । श्रमिकहरूको लागि सामाजिक सुरक्षा कोष ल्याएको भन्दै वैदेशिक रोजगारीमा रहेकाहरूलाई पनि यही सामाजिक सुरक्षा कोषमा नै आबद्ध गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भनाइ छ ।

धेरै पढिएको