८ जेष्ठ २०८१, मंगलवार
Follow Us

राजदूत आचार्य र ब्रिटिश मन्त्रीबीच छलफल

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७९, बुधबार २३:२३

लन्डन। नेपालमा बेलायती लगानी बढाउने विषयमा बेलायतका लागि नेपाली राजदूत र एक बेलायती मन्त्रीबीच छलफल भएको छ।

बुधबार लन्डनस्थित नेपाली दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्य र दक्षिण एसिया, उत्तर अफ्रिका, संयुक्त राष्ट्रसंघ तथा कमनवेल्थ मन्त्री लर्ड अहमदबीच भेटवार्ता भएको हो।

दूतवासले राजदूत आचार्य र मन्त्री अहमदबीच नेपाल- बेलायत द्वीपक्षीय सम्बन्धका समग्र विषयमा छलफल भएको जनाएको छ।

उक्त अवसरमा नेपालमा बेलायती लगानी बिस्तार गर्नेबारे पनि महत्वका साथ छलफल भएको जनाइएको छ।

राजदूत र मन्त्रीबीचको भेटवार्तामा दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, सेकेन्ड सेक्रेटरी रामबाबु नेपालसहित बेलायती विदेश मन्त्रालयका अधिकारीहरुसमेतको सहभागिता थियो।


नेपाली राजदूतसंगको भेटपछि बेलायती मन्त्री अहमदले लगानी तथा व्यापार र ‘क्लिन इनर्जी’ लाई थप प्रोत्साहित गर्ने दुई देशको साझा अठोटबारे आफूहरुबीच छलफल भएको बताएका छन्।