१३ असार २०८१, बुधबार
Follow Us

‘नेपाली साहित्यको विकास र विस्तारमा विदेशमा रहेका नेपाली स्रष्टाको योगदान उच्च छ’

नेपालब्रिटेन संवाददाता
११ असार २०७९, शनिबार १२:२५

काठमाडौं । साहित्यकारहरूले नेपाली साहित्यको विकास र विस्तारमा विदेशी भूमिमा रहेका नेपाली स्रष्टाहरूले पुर्‍याएको योगदानको उच्च रहेको बताएका छन् । विश्व नेपाली साहित्य महासंघ र साहित्यिक चौतारी नेपालले गरेको कृति विमोचन तथा अन्तरक्रियाका वक्ताहरूले नेपाली साहित्यले बहुआयामिक फड्को मारेको बताएका हुन् ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति डा. जगमान गुरुङ, उपकुलपति गंगाप्रसाद उप्रेतीले विभिन्न लेखकका तीनवटा पुस्तक सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक कृतिको साहित्यकार डा. नवराज लम्सालले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा नेपाली साहित्यमा सेवा पु-याएबापत बहुआयामेली कवि तथा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलालगायत नयाँपुस्ताका सर्जकहरुलाई सम्मान गरिएको थियो ।