लण्डन । गैरआवासी नेपाली संघ (एनआरएनए) अमेरिकाको विवादमा फेरी बल्झिएको छ ।
गत महिना संघका अध्यक्षद्धय बुद्धि सुवेदी र कृष्ण लामिछानेबीच भएको सहमतिलाई सुवेदी समूहले पालना नगरे पछि विवादले नयां मोड लिएको हो ।
अध्यक्ष लामिछानेले शनिवार एक विज्ञप्ति जारी गर्दै सुवेदीले एकलौटी र मनोमानी गरेको भन्दै सहमति भंग भएको घोषणा गरेका हुन् ।
केन्द्रीय पदाधिकारीहरुको समेत सहभागीतामा गत जुन ५ तारिक टेक्सासमा एउटै साधरण सभामा सहभागि हुने गरि सहमति गरेका थिए।
लामिछानेले सहमति भंग हुनुका ६ वटा कारण देखाएका छन् । उनले बुद्धी समूहले एकलौटी सल्लाहकार चयन गरेको, एमआइएस प्रणालीलाई नमानेको, निर्वाचन प्रणाली र सदस्यता वितरण प्रकृयामा सुधार नगरिएको, च्याप्टरहरुको मागको सुनुवाई नगरिएको लगायतको कारणले सहमति तोडिएको उल्लेख गरेका छन् ।