१५ जेष्ठ २०८१, मंगलवार
Follow Us

गोर्खा वार्ता : प्राविधिक समितिको बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७९, बिहीबार १९:२२

लन्डन। भूतपूर्व गोर्खाहरुको मुद्धामा बेलायत र नेपालबीच जारी वार्तामा प्राविधिक स्तरको बैठक सम्पन्न भएको छ ।

लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा विहीबार दुई छुट्टाछुट्टै सत्रमा वेल्फेयर र पेन्सनका विषयमा छलफल भएको नेपाली दूतावास लण्डनले जनाएको छ ।

दूतावासले विहिवार साँझ एक विज्ञप्ति जारी गर्दै वैठकमा भूपुगोर्खाहरुको औषधी उपचार, शिक्षा, रोजगारी लगायत कल्याणकारी विषयमा छलफल भएको जनाएको छ ।

बैठकमा नेपाली पक्षले उठाएका मागहरुका सम्बन्धमा बेलायतस्थित रक्षा मन्त्रालयका पदाधिकारीहरुले आगामी दिनमा थप छलफल गर्न तयार रहेको बताएका थिए ।

उक्त बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावासका सैनिक सहचारी रत्नबहादुर गोदार, द्धितीय सचिव रामबाबु नेपाल र भूपुगोर्खाको तर्फबाट जुदबहादुर गुरुङ, टिकेन्द्र देवान, उदय बहादुर गुरुङ, केशबहादुर गुरुङ, र धर्म तामाङ सहभागी थिए ।