१५ बैशाख २०८१, शनिबार
Follow Us

‘फेसबुके सभापति’ प्रति सजक रहनुः नेपाली जनसम्पर्क समिति बेलायत

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७९, बिहीबार १९:३४

गुरुङको कार्यकाल समेत तीन वर्षको हुने

लण्डन् । बेलायतस्थित नेपाली कांग्रेसको इकाई संस्था नेपाली जनसम्पर्क समितिमा पुनः विवाद देखिएको छ । गत महाधिवेशनमा चक्रिय प्रणाली मार्फत नेतृत्वमा भएको शक्ति बाडफाडलाई नेपाली कांग्रेसले विधान विपरित भएको भने पछि विवाद शुरु भएको हो ।

नेपाली जनसम्पर्क समिति बेलायतको तर्फबाट तीन जना महामन्त्रीले बिहिबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको विधानको धारा १४ बमोजिम विदेशस्थित नेपाली जनसम्पर्क समितिको कार्यकाल ३ वर्षको रहने व्यवस्था अनुरुप हाल नेपाली जनसम्पर्क समिति बेलायतको सभापति युवराज गुरुङ रहेको जनाएका छन् ।

विज्ञप्तिमा नेपाली कांग्रेसको विधानअनुरुप संसारभर छरिएका नेपाली जनसम्पर्क समितिको कार्यकाल पूर्णरुपमा ३ वर्षको रहेको पुनः स्मरण गराउदै बेलायतस्थित नेपाली जनसम्पर्क समितिका सभापति युवराज गुरुङको कार्यकाल समेत तीन वर्षको हुने जानकारी गराइएको छ ।

विज्ञप्तिमा मिडिया तथा समाजिक संजालमा अतिरन्जित आएका ‘ फेसबुके सभापति” प्रति सजक रहन अपील गरिएको छ ।

प्रेश विज्ञप्तिको पूर्णपाठ
नेपाली जनसम्पर्क समिति बेलायतको नेतृत्वको सम्बन्धमा बिभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा आएका चर्चाप्रति हाम्रो ध्यानार्कण भएको छ ।

नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको इकाई भएको सर्वविधितनै छ । नेपाली जनसम्पर्क समितिलाई नेपाली कांग्रेसको विधान र विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्बन्धी नियमावलीले निर्देष्ठित गरेको हुन्छ । नेपाली कांग्रेसको विधान र निर्देशनलाई पानला गर्नु सबै जनसम्कर्प समिति र समितिका सदस्यहरुको कर्तव्य हुन्छ ।

नेपाली कांग्रेसको विधानको धारा १४ बमोजिम विदेशस्थित नेपाली जनसम्पर्क समितिको कार्यकाल ३ वर्षको रहने व्यवस्था अनुरुप हाल नेपाली जनसम्पर्क समिति बेलायतको सभापति युवराज गुरुङ रहेको समेत प्रष्ट पार्न चाहन्छौं ।

नेपाली जनसम्पर्क समिति बेलायतको विधान, नेपाली कांग्रेसको विधान तथा निर्देशिका विपरित बिभिन्न मिडियामा कथित चक्रियप्रणालीको हवला दिएर आएका समाचारहरु पूर्णरुपमा गतल र चक्रिय प्रणाली अवैधानिक भएको जानकारी गराइन्छ ।

गत जुलाई १० तारिख २०२२, आइतवारका दिन फेल्थामस्थित केटीएम रक्समा बसेको नियमित बैठकले समितिमा रिक्त विभिन्न पद पूर्ति गर्दै पूर्व उपसभापतिहरु महेश कुमार दाहाल र युवराज सिंह समेतको उपस्थितमा नेपाली कांग्रेसको कुनै पनि तहको विधिविधानमा हालसम्म कतै नभएको चक्रिय प्रणालीको व्यवस्था र अभ्यास नभएको ठहर गर्दै नेपाली कांग्रेसको निर्देशन बमोजिम त्यस्तो प्रणालीले वैधानिक रुपमा मान्यता नदिने निर्णय गरेको समेत स्मरण गराउदछौं ।

नेपाली कांग्रेसको विधानअनुरुप संसारभर छरिएका नेपाली जनसम्पर्क समितिको कार्यकाल पूर्णरुपमा ३ वर्षको रहेको पुनः स्मरण गराउदै बेलायतस्थित नेपाली जनसम्पर्क समितिका सभापति युवराज गुरुङको कार्यकार समेत तीन वर्षको हुने जानकारी गराइन्छ । त्यसैले बिभिन्न मिडिया तथा समाजिक संजालमा अतिरन्जित आएका ‘फेसबुके सभापति’ प्रति सजक रहन हार्दिक अपील गरिन्छ ।

इन्द्र ह्याङ लिम्बू रोमियन लिम्बु, नोर्बु शेर्पा
महामन्त्री, नेपाली जनसम्पर्क समिति बेलायत