४ असार २०८१, सोमबार
Follow Us

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ३७ हजार नाघ्याे

नेपालब्रिटेन संवाददाता
२ फाल्गुन २०७९, मंगलवार ०४:५५

गत साेमबार टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३७ हजार नाघेको छ ।

भग्नावशेषमा च्यापिएका मानिसहरूहरुको शव धमाधम फेला परेकाले मृतकको संख्या दैनिक रूपमा बढ्दै गएको हाे । यद्दपी जीवित्तै उद्धार गर्ने सम्भावना भने टर्दै गएको उद्धारकमीहरुले बताएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमुनि पुरिएका केही व्यक्तिलाई उद्दार गर्नुको सट्टा बाँचेका करोडौं मानिसलाई सहयोग उपलब्ध गराउनेतर्फ ध्यान केन्द्रित हुने जनाएको छ ।

यही फेब्रअरी ६ मा टर्की र सिरियाको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो भूकम्पका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३७ हजार नाघेको हो । संयुक्त यसैबीच टर्की सरकारले भवन निर्माणमा लापरबाही गरेको र सुरक्षा नियमलाई बेवास्ता गरेको आरोपमा हालसम्म १ सय १३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जानकारी दिएको छ ।

भूकम्प प्रभावित क्षेत्रहरुका वासीन्दालाई विदेशी दातृ निकायबाट प्राप्त सहयोग वितरणको काम पनि थालिएकाले भूकम्प पीडितहरुलाई राहत मिलेको छ ।