१७ मंसिर २०८१, सोमबार
Follow Us

जनतामा धेरै निरासा बढ्यो: गगन थापा, महामन्त्री नेपाली कांग्रेस

नेपालब्रिटेन डट कम्
३ असार २०८१, आईतवार २३:०७

नेपालका राजनीतिक दलहरुमा किन कुनै पनि युवा नेता चाँडै उच्च नेतृत्वमा पुग्न सक्दैन ? पार्टीहरुको प्रणालीमै के त्यस्तो जटिलता छ, जसले निकै क्षमतावान नेतालाई समेत नेतृत्व तहमा पुग्न दिदैन ? वा त्यसबेला मात्र पुग्न दिन्छ, जुन बेला उसको जोशजाँगर र उर्जा पहिलेभन्दा निकै खस्किसकेको हुन्छ ।
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापासँग यिनै प्रश्नहरुबाट यो कुराकानी थालिएको छ । उनी स्वयंले राजनीति गर्न थालेको झण्डै तीन दशक पुग्न लागिसक्यो । उनी पार्टी नेतृत्वका आकांक्षी पनि हुन्, तर त्यहाँ पुग्न सकिरहेका छैनन् । के उनलाई आफ्नो लोकप्रियता पहिलेभन्दा खस्कन थालेको महसूस हुँदैन ? उनले नेपालमा उदाएका नयाँ राजनीतिक शक्तिहरुलाई कसरी हेरेका छन् ? आम जनतामा समग्र राजनीतिक वर्गप्रति बढेको वितृष्णा र आक्रोशलाई कुन रुपमा लिएका छन् ?

गगन थापासँग सुधिर शर्माले गरेको कुराकानी ।