१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अस्ट्रियामा एनआरएनए भेला, सर्वसम्मत नेतृत्व चयनमा जोड

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०८०, शुक्रबार ००:२१

लण्डन । गैरआबासीय नेपाली संघको शुक्रवारबाट परागमा शुरु हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन आएका केन्द्रीय नेताहरु अस्ट्रियामा जम्मा भएर संघको अभियान बारे चिन्तन गरेका छन् ।

गैरआवासीय नेपाली संघ अस्ट्रियाको आयोजनामा विहिवार साँझ आयोजित कार्यक्रममा बोल्ने बक्ताहरु संघको गिर्दो शाखको बारेमा चिन्ता व्यक्त गरे ।

वक्ताहरुले संघको निर्वाचन प्रणालीमा पारदर्शिता बनाउन जोड दिदै संघको आगामी ११ औं महाधिवेशनको निर्वाचनमा नयां नेतृत्व सर्वसम्मत चयन गर्न आग्रह गरे ।

कार्यक्रमलाई उपाध्यक्षहरु महेश श्रेष्ठ, नारायण आचार्य, आरके शर्मा, राज रेग्मी र महेश श्रेष्ठ, डा. महासचिब केशब पौडेल, उपमहासचिब रामशरण सिंखडा, युरोप संयोजक चिन्तामणी सापकोटा, उपसंयोजक सागर सुबेदीले शुभकामना मन्तव्य दिए ।

यस्तै एनआरएनए राष्ट्रिय समितिका अध्यक्षहरु, रविन अधिकारी पोर्तुगल, शालिकराम डुम्रे स्पेन, मिम पुर्जा नेदरल्यान्ड, शैलेन्द्र अधिकारी डेनमार्क, छविलाल कंडेल इटाली, दीपक गौतम क्यानडा, बुद्दी सुबेदी अमेरिका आआफ्ना भनाईहरु राखेका थिए ।

एनआरएनए मध्यपूर्व संयोजक मनोज गोर्खाली, युएईका पूर्व अध्यक्ष रमेश श्रेष्ठ, प्रकाश भण्डारी उपाध्यक्ष एनआरएनए माल्टा, पूर्व आइसिसी सदस्य सुभाष जोशी, गुणराज शर्मा, आइसिसी सदस्य दिनेश गिरी लगायतले संगठनका गतिबिधीका बारेमा धारणा राखेका थिए ।

एनआरएनए अस्ट्रियाकी अध्यक्ष भवानी तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रम शुभद्रा भण्डारीले संचालन गरेकी थिइन् ।

कार्यक्रममा अस्ट्रीयाका नेपाली गायक शेखर लामाले प्रस्तुती दिएका थिए ।