६ बैशाख २०८१, बिहीबार
Follow Us

आगलागीमा परी घाइते ४ मध्ये ३ को मृत्यु

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०८०, बुधबार ०३:२९

अर्घाखाँची । भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ मध्ये ३ जनाको मृत्यु भएको छ ।

मंगलवार दिउँसो भुमिकास्थान– २ तिरतिरेमा पदम वेल्वासेको घरमा लागेकोे आगो निभाउने क्रममा घाइते भएका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र  ५२ वर्षीय घनश्याम वेल्वासेको उपचारको क्रममा ज्यान गएको हो ।

सो आगलागीमा परी घाइते भएकालाई सुरुमा जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारका लागि मिसन अस्पताल पाल्पाका लागि रेफर गरिएको थियो ।

र, पाल्पा मिशन अस्पतालमा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा तीनैजनाको बाटोमै मृत्यु भएको छिमेकी विष्णु वेल्वासेले सञ्चारकर्मीलाई जानकारी दिए । उनका अनुसार सोही आगलागी  परेर घाइते अर्का ३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको छ । उनको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।