१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बलात्कार आरोपमा युवा वैज्ञानिक रोका दुई दिनदेखी हिरासतमा

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०८०, बिहीबार ०४:४२

दाङ । युवा वैज्ञानिक मार्शल रोका बलात्कार आरोपमा दुई दिन प्रहरी हिरासतमा रहेका छन् । तुलसीपुर उपमहानगरकी एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरे पछि उनलाई पक्राउ गरिएको थियाे ।

दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार युवा बैज्ञानिक रोकालाई मंगलबार पक्राउ गरिएको र हिजाे दाङ जिल्ला अदालतवाट सात दिनकाे हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पछि अनुसन्धान सुरु भएकाे छ ।

घोराही- १६ कपासेका रोका युवा वैज्ञानिकका रूपमा परिचित छन् । उनले स्कुले जीवनदेखि नै विभिन्न यन्त्रको आविष्कार गर्दै आएका छन् । उनले पेट्रोलविना खोटोबाट मोटरसाइकल चलाउने देखि अटोमेटिक स्यानिटाइजर टनेलको आविष्कारसमेत गरे पछि चर्चामा आएका थिए ।