लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालका लागि अध्यक्ष पदमा ४ जनाको उम्मेद्बारी परेकोछ । एनआरएनए बेल्जियमको निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा अनुजा प्रधान, नायायण सिलवाल, तिर्थ धमला र सीता सापकोटाले आइतवार उम्मेदवारी दर्ता गरेका छन् ।
२ जना उपाध्यक्ष पदका लागि पुष्प नेपाल (लोकेन्द्र) र कासी दनैको मात्र उम्मेदवारी परेको छ। १ जना उपाध्यक्ष (जनजाती) मा सुर्य नारायण श्रेष्ठ र इन्दिरा चाम्लिङ राईको उम्मेद्बारी परेकोछ । युवा उपाध्यक्षमा रिबु बस्नेत र महिला उपाध्यक्षमा साबित्रा गिरीले मात्र उम्मेदवारी दर्ता गरे ।
महासचिवमा रुबिना शर्मा र राजेन्द्र कार्कीको उम्मेदवारी परेको छ । २ सचिव पदका लागि रमेश दाहाल र सञ्जय देब श्रेष्ठकोको उम्मेद्बारी परेको छ । यस्तै महिला सचिवमा एक जना जमुना शर्मा आचार्यको उम्मेद्बारी परेको छ ।
कोषाध्यक्षमा अजित तुलाचन र हरि रोकाले उम्मेद्बारी दिए । सहकोषाध्यक्षमा डा राजु श्रीवास्तवको मात्र उम्मेद्वारी परेको छ ।
क्षेत्रीय संयोजकमा हरि लामिछाने गेन्ट, सुरज खरेल लुभेन, देबी कुमारी शर्मा ब्रुगे, चित्र गुरुङ एन्टवेरपेनका लागि एक एक जनाको उम्मेद्वारी परेको छ ।
१ महिला संयोजक पदका लागि सरु गुरुङ र सारदा धितालको उम्मेद्बारी परेकोछ । युवा संयोजकमा सुदीप चौधरीको मात्र उम्मेद्बारी परेको छ । महिला सदस्यमा सीता कुमारी दाहालको मात्र उम्मेदवारी परेकोछ ।
६ जना खुल्ला सदस्यका लागि रमेश सापकोटा, सुर्य प्रशाद सापकोटा, गंगा प्रशाद गुरुङ, रोशन गौतम, दीपिका केसी, बिकी मल्ल, दिनेश भण्डारी, बिनोद शाही,शम्भु अधीकारी, नीता सुब्बा, जानु नेपाल खरेल, रस्मी निरौला, सुरेश खड्का क्षेत्री, तेज अर्याल,गजेन्द्र बोगटी, चित्र कुमारी खतिवडा, सरोज आचार्यको उम्मेद्बारी परेकोछ ।
२ जना आईसिसी सदस्य पदका लागि भिम सुबेदी,मदन दवाडी, र हरी भट्टराईको उम्मेद्बारी परेकोछ । दुई एनआरएनएको एकता गर्दा पदम गुरुङ पक्षले बनाएका पन्जिकृत सदस्य जोड्दा ३ हजार सदस्य पुगेमा ३ जना आइसिसी निर्बाचित हुने हुँदा उहाहरु तीन जना निर्बिरोध हुने अपेक्षा गरिएको छ ।
नयां नेतृत्वको लागि आगामी जुलाई १६ तारिख निर्वाचन हुने बताइएको छ ।