२१ बैशाख २०८१, शुक्रबार
Follow Us

सामाजिक एकता कायम गर्न उम्मेदवारी फिर्ता लिए : अनुजा प्रधान, अध्यक्ष (प्रत्यासी) एनआरएनए बेल्जियम

नेपालब्रिटेन संवाददाता
२८ असार २०८०, बिहीबार १०:२८

लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमको १६ जुलाईमा हुने निर्वाचनको लागि प्रत्यासी बनेकी अनुजा प्रधानले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

प्रधानले विहिवार एक विज्ञप्ति जारी गर्दै कार्यसमितिका अधिकांश पद सर्वसम्मत भैसकेको अवस्थामा अध्यक्ष पदमा समेत सर्वसम्मत हुदा समाजमा एकता कामय रहने र ठूलो आर्थिक रकमको समेत बचत हुने अवस्थामा आफुले एक कदम पछि हटेर सहमतिको अन्तिम प्रयासको लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएकी छन् ।

उनले गैरआवासीय नेपाली संघमा थप जिम्मेवारी लिएर संस्थाको हित र समाजको लागि केही गर्नु पर्छ भन्ने भावनाकासाथ संस्थामा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

विज्ञप्तिको पूर्णपाठ
गैरआवासीय नेपाली संघ बेल्जियमको यही १६ जुलाईमा हुने निर्वाचनको लागि अध्यक्ष पदमा मैले उम्मेदवारी दर्ता गरेको यहाँहरुलाई अवगतनैछ ।

गैरआवासीय नेपाली संघको अभियानमा लामो समय देखि आफुले बटुलेको अनुभव र क्षमताका आधारमा आफुलाई अध्यक्ष पदमा प्रत्यासीको रुपमा उभिएकी थिए।

गैरआवासीय नेपाली संघको निर्वाचनका कारणले समाजमा हुने सक्ने विभाजनको प्रभावलाई रोक्न मैले अन्तिम प्रयास सम्म सहमतिकोे प्रयास गरेकी थिए ।

कार्यसमितिका अधिकांश पद सर्वसम्मत भैसकेको अवस्थामा अध्यक्ष पदमा समेत सर्वसम्मत हुदा समाजमा एकता कामय रहने र ठूलो आर्थिक रकमको समेत बचत हुने अवस्थामा आफुले एक कदम पछि हटेर सहमतिको अन्तिम प्रयासको लागि आफ्नो उम्मेदवारी फिर्ता लिएकी छु ।

एनआरएनए बेल्जियमको नयां नेतृत्वको लागि यहाँस्थित नयां पुस्ताले देखाएको चासो र सदभावको समेत उच्चकदर गर्दै गैरआवासीय नेपाली संघको अभियानमा एक जुट भएर अघि बढ्न आग्रह गर्दछु ।

साथै गैरआवासीय नेपाली संघको अभियानमा आगामी दिनमा थप जिम्मेवारी लिएर संस्थाको हित र समाजको लागि केही गर्नु पर्छ भन्ने भावनाकासाथ संस्थामा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्दछु । र एनआरएनए बेल्जियमको नयां कार्यसमितिलाई पूूर्ण सहयोग र समर्थन रहने जानकारी समेत गराउदछु ।

अनुजा प्रधान
अध्यक्ष (प्रत्यासी), एनआरएनए बेल्जियम