२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूरोप संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०८०, सोमबार ०९:४७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनमा युरोप संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने भएकी छन् । उनी एनआरएनएको पूर्वआईसीसी सदस्य हुन् ।

सन् २००४ मा १८ वर्षको उमेरमा बेल्जियम छिरेकी अनुजा प्रधान अहिले एथ्रोपमा रहेको तुफ्भान एडअन (हेड अफ पराडाइज) रेष्टुरेन्ट चलाएकी छन् । प्रधानले अहिले क्याफे, रेष्टुरेन्ट र होटलको लगानीकर्ता बनेकी छन् ।

उनले गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा उम्मेदवारी घोषणा गरे पछि अन्तिम समयमा सहमतिको लागि भन्दै आफ्नो उम्मेदवारी फिर्ता गरेकी थिइन् ।

सन् २००७ मा सुसीको रेष्टुरेन्ट टेकओभर गरेपछि उनले लगातार १४ वर्ष परिवारको सहयोगमा व्यापारमा हात हालेकी हुन् ।

उनले सन् २०१८ मा सफल व्यवसायी जीवा लामिछाने र कुमार पन्तसँग जोडिएर होटल व्यसायमा समेत प्रवेश गरेकी छन् । नेपाल, स्पेन लगायतका अन्य देशमा समेत आफ्नो लगानी बढाएकी प्रधान अहिले व्यवसायबाट वार्षिक रुपमा मिलियन्स युरोको व्यापार गर्छिन् ।