२१ बैशाख २०८१, शुक्रबार
Follow Us

रोवट लिम्बुले युरोप उपसंयोजकमा उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०८०, सोमबार १०:०३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को यूरोप युवा संयोजक रोवट लिम्बुले उपसंयोजका उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गैरआवासीय नेपाली संघ प्रोर्चुगलको आइतवार सम्पन्न साधारणसभालाई सम्बोधन गर्दै लिम्बुले आफुले गैरआवासीय नेपाली संघको अभियानलाई निरन्तरता दिन युरोप उपसंयोजकमा उम्मेदवारी दिने बताए ।

लिम्बुले प्रोर्चुगलबाट राजनीति र अन्तराष्ट्रिय सम्बन्धका विषयमा पिएचडी गर्दैछन् ।

यस्तै, गैरआवासीय नेपाली संघ प्रोर्चुगलका पूर्वअध्यक्ष भिम कमल केसीले आगामी निर्वाचनमा संघको एक केन्द्रीय पदाधिकारी पदमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिए ।

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन अक्टोवर दोस्रोसाता हुदैछ ।