१५ बैशाख २०८१, शनिबार
Follow Us

महिला टी–२० आई सिरिज : नेपालले कुवेतलाई ३४ रनले हरायाे

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०८०, बुधबार १२:१६

काठमाडौं । चार देश सम्मिलित टी–२० आई सिरिज शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले हराएकाे छ ।

नेपालले दिएकाे ९० रनकाे सामान्य लक्ष्य पछ्याएकाे कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाउन सक्याे । कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३, खुशी डङ्गाेलले २ तथा कविता कुँवर, सीता राना मगर र ईश्वरी विष्टले १/१ विकेट लिइन् ।

यसअघि मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायाे । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारिमा हेडरले ४ विकेट लिइन् ।

शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।