२६ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए निर्वाचनः सशक्त उम्मेदवारलाई समर्थन गर्छु : सुनिल शाह, उपाध्यक्षमा उम्मेदवारी दिने (भिडियो)

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०८०, सोमबार १८:०२

लण्डन । गैरआवासीय नेपाली संघको अक्टोवर महिनामा हुने ११ औं महाधिवेसको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका सुनिल शाहले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

शाहले नेपाल पत्रकार महासंघ यूरोप शाखाद्धारा सोमवार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विश्वभर छरिएका एनआरएन साथीहरुको सुझावको आधारमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निचोडमा पुगेको सुनाए । स्रोतका अनुसार उनले संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीलाई आगामी निर्वाचनमा सहयोग गर्ने आन्तरिक सहमति भएको छ । शाहले केही दिन भित्र उपाध्यक्षको लागि औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
संघका कोषाध्यक्ष समेत रहेका शाहले आफ्नो कार्यकालमा संघको आर्थिक पारदर्शिततालाई एनआरएनएका सदस्यहरुले बुझ्ने गरि मासिक प्रतिवेदन सार्वजनिक गरिएको बताए । उनले संघको केन्द्रीय कार्यालय संचालनलाई व्यवस्थित बनाउन आर्थिक व्यवस्थापन राम्रो गरिएको बताए ।

उनले गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिमा भएका निर्वाचनहरु निश्पक्ष र विवाद रहित भएको बताए । उनले गैरआवासीय नेपाली संघको अभियानमा राजनीतिक दलहरुको भूमिका रहे पनि संघको आन्तरिक निर्वाचनमा हुने हस्तक्षेप भने स्वीकार्य नहुने बताए । उनले गैरआवासीय नेपाली संघको आगामी नेतृत्वमा सक्षम व्यक्ति आउनु पर्नेमा जोड दिए ।