११ श्रावण २०८१, शुक्रबार
Follow Us

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०८०, शुक्रबार ०५:५९

काठमाडौँ । पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा पुगेको छ। सुपर फोर अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका फाइनलमा पुगेको हो ।

श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलङ्का डकवर्थ लुइस पद्धतिअनुसार २ विकेटले विजयी भएको हो ।

पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्यो । साविकको विजेता श्रीलङ्काले पर्सि आइतबार भारतसँग उपाधिका लागि खेल्ने छ । भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ । भारतले सुपर फोरको अन्तिम खेल भने आज बङ्गलादेशसँग खेल्नेछ ।