१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए सचिवमा रविन बज्राचार्यको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
११ आश्विन २०८०, बिहीबार ०१:४२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा अमेरिकाबाट रविन बज्राचार्यले उम्मेदवारी दिने भएका छन् ।
उनले संघको १९ अक्टोवरमा हुने निर्वाचनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
संघको ६ सचिव पदको लागि निर्वाचन हुदैछ । बज्राचार्य अमेरिकास्थित चर्चित र अनुभवी एनआरएन अभियान्ता हुन् । उनले विधान समिति लगायत संघको बिभिन्न कार्यदलमा बसेर काम गरेका छन् ।