८ बैशाख २०८२, सोमबार
Follow Us

सेयर बजार ३.०४ अंकले बढ्यो

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०८०, सोमबार १२:४८

काठमाडौं । सेयर बजार ३.०४ अंकले बढेको छ । चालु साताको कारोबारको दोस्रो दिन सोमबार  नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो ।

सोमबार २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा कारोबार भएको छ । सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।