१२ श्रावण २०८१, शनिबार
Follow Us

एनआरएनए निर्वाचनमा बेलायतबाट ७ पदाधिकारी विजयी

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०८०, मंगलवार २२:२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत महिना सम्पन्न निर्वाचनमा बेलायतबाट ७ जना पदाधिकारी विजयी भएका छन् ।

संघको ११ औं महाधिवेसनमा भएको निर्वाचनमा उपाध्यक्षमा डा. हेम राज शर्मा, रामशरण सिमखडा र महिला उपाध्यक्षमा रोजिना प्रधान विजयी भए ।

यस्तै उपमहासचिवमा सोम सापकोटा र सहकोषाध्यक्षमा कृष्ण तिमल्सीनाले जिते । यस्तै युरोप महिला संयोजकमा प्रसुना कंडेल विजयी भइन् ।

संघको युरोप उपसंयोजकमा महेश अधिकारी विजयी भए ।