२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए निर्वाचनमा सर्वाधिक मत ल्याउने थापाको हुन् ?

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०८०, मंगलवार २२:३३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युवा उपाध्यक्षमा रोशन थापाले सर्वाधिक मत प्राप्त गरेका छन् ।

गत महिना सम्पन्न संघको ११ औं महाधिवेसनमा उनले २४६८ मत प्राप्त गरे । उनीसंग सोही पदमा लडेका अब्दुल बसिदले १३२२ मत प्राप्त गरेर उपविजेता भए ।

अफ्रिका तथा जापानामा व्यवसाय गर्दै आएका थापा करिब २ दशक अघि इलामबाट जापान अध्ययनको लागि पुगेका थिए । थापाले एनआरएनएको नेतृत्व लिई अनुभव समेत हासिल गरिसकेका छन्।

गैरआवासीय नेपाली संघ ताम्जिानियाको दुई कार्यकालको अध्यक्ष भैसकेका उनले एनआरएनएको अफ्रिका क्षेत्रीय संयोजकको रुपमा जिम्मेवारी पनि पूरा गरेको अनुभव छ।

जापानको एदोगावा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा स्नातकसम्मको डिग्री हासिल गरिसकेका छन्।

थापाको जाम्बियामा अटो मोबाइल र रियलस्टेटको व्यवसाय फस्टाउँदै गएको छ। त्यसबाहेक थापाको जापानमा इन्स्योरेन्स, अटोमोबाइल क्षेत्रमा लगानी गरेका छन् भने नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा लगानी गरिसकेका छन्।