२० बैशाख २०८१, बिहीबार
Follow Us

यी हुन् एनआरएनए निर्वाचनमा ६ लोकप्रिय पदाधिकारीहरु

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०८०, मंगलवार २२:५९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत महिना सम्पन्न निर्वाचनमा ६ पदाधिकारीहरुले लोकप्रिय मत प्राप्त गरेका छन् ।

संघको ४२४७ मतदाता मध्ये संघको युवा उपाध्यक्षमा रोशन थापाले २४६८ मत प्राप्त गरेका छन् । महिला सहकोषाध्यक्ष कन्चन थापाले २२८८ मत प्राप्त गरेकी छन् । यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेकी छन् । दुवै जना एकल पदको लागि निर्वाचनमा लडेका हुन् ।

यस्तै एकल पदमा लडेकी महिला सचिव राधिका गुरुङले २३२० प्राप्त गरिन् । ६ उपाध्यक्ष पदको लागि भएको निर्वाचनमा डा. हेम राज शर्माले २२६५ मत प्राप्त गरेर उपाध्यक्षहरुमा लोकप्रीय बन्न पुगे । यस्तै सहकोषाध्यक्षमा तिलक गैरेले २२३२ मत प्राप्त गरे ।