२० बैशाख २०८१, बिहीबार
Follow Us

जीवा लामिछानेद्धारा संचालित ट्रिप ईन्न होटल समूहले भूकम्प पिडितलाई २० लाख सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०८०, आईतवार १४:५३

लण्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने समूहको लगानीमा युरोपका बिभिन्न शहरमा होटल व्यवसाय संचालन गर्दै आएको ट्रिप ईन्न होटल समूहले भूकम्प पिडितलाई सहयोग गर्ने भएको छ ।

जाजरकोट केन्द्रबिन्दु बनाएर भएको भूकम्पले पश्चिम नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति प्रति दुःख व्यक्त गर्दै सो समूहले २० लाख रुपैया सहयोग गर्ने घोषणा गरेको हो ।
लामिछानेका अनुसार भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतकालागि ट्रिप ईन्न होटेल समूह (जर्मनी) का तर्फबाट २० लाख रुपैयाको आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेको हो ।

ट्रिप ईन्न होटेल समूहले युरोपका बिभिन्न देशमा तीन दर्जन भन्दा बढी होटल संचालन गर्दै आएको छ ।