२० बैशाख २०८१, बिहीबार
Follow Us

शान्ति नेपाली समाज यूकेले भूकम्प पिडितलाई ३ लाख सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०८०, आईतवार १६:४३

डिएन खराल ।

लण्डन । जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार साँझ गएको भूकम्पबाट पिडितहरुको लागि शान्ति नेपाली समाज बेलायतले सहयोग गर्ने भएको छ ।

संस्थाका अध्यक्ष प्रविण खरालका अनुसार पहिलो चरणमा संस्थाले १८ सय पाउण्ड (करिब तीन लाख रुपैयाँ) सहयोग गर्ने भएको हो ।

सो रकम विश्व साईकल यात्रीद्धय अजय मिश्र र भगवत खत्री मार्फत भूकम्प प्रभावित क्षेत्रमा खाध्यन्न वितरण गर्ने तयारी गरिएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।