१२ श्रावण २०८१, शनिबार
Follow Us

कतारका विदेश राज्यमन्त्री राजधानीमा

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०८०, शुक्रबार ०६:१५

काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौँ आइपुग्नु भएको छ ।

उहाँलाई त्रिभुवत अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल तथा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अलि अल अन्सारी तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभयो ।

कतारी अतिथिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश राज्यमन्त्री अल मुरैखी परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गरेर आजै स्वदेश प्रस्थान गर्नुहुनेछ ।