१२ श्रावण २०८१, शनिबार
Follow Us

शिक्षकमाथि हातपात भएपछि महिन्द्र राजमार्गमा चक्काजाम

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०८०, बिहीबार १०:४८

सिराहा । शिक्षकमाति हातपात भएको भन्दै शिक्षक र विद्यार्थीले महेन्द्र राजमार्गको मिर्चैया बजारमा चक्काजाम गरेका छन् । मोहन उच्च माध्यमिक विद्यालयका शिक्षकमाथि हातपात भएपछि शिक्षक र विद्यार्थीले घटनाको विरोधमा चक्काजाम गरेका हुन् ।

स्थानिय सरोज मण्डलले शिक्षकमाथि हातपात गरेको भन्दै मण्डललाई कानुनी कारवाहीको माग गर्दै करिब २०० सयको सँख्यामा शिक्षक विद्यार्थीहरु राजमार्ग अवरुद्ध गरेका हुन् ।

प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।