१२ श्रावण २०८१, शनिबार
Follow Us

चार वर्षपछि मलेसियाले बोलायो ६४ जना नेपालीलाई तलब लिन

नेपालब्रिटेन संवाददाता
१५ पुष २०८०, आईतवार १३:३३

काठमाडौँ । मलेसियाको २ कम्पनीले ४ वर्षपछि ६४ जना नेपाली कामदारलाई तलब लिन बोलाएको छ । कोरोना बेला नेपाल आएका नेपालीहरूलाई कम्पनीले तलब लिन बोलाएको हो ।

६४ जना नेपाली कोरोना महामारीको कारण पुनः मलेसिया काम गर्न जान पाएका थिएनन् । ती नेपालीले २०१४ देखि काम गर्दै आएका थिए । मलेसियाको भेन्चर ग्रुप अन्तर्गत २ कम्पनीमा काम गर्ने ६४ जना नेपालीलाई तलब लिन बोलाएको हो । कोरोनाको कारण नेपाली कामदार तलब भुक्तानी बाँकी नै राखेर नेपाल आएका थिए ।

मलेसियन कम्पनीले मलेसियास्थित नेपाली राजदूतावासलाई समन्वयका लागि अनुरोध गरेका थिए । कामदारलाई राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर सहित सम्पर्कमा आउन भनेको छ ।