१२ श्रावण २०८१, शनिबार
Follow Us

न्यायाधीशकी पत्नीद्वारा आत्महत्या प्रयास

नेपालब्रिटेन संवाददाता
२९ पुष २०८०, आईतवार १२:५५

काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास गरेकी छन् । न्यायाधीश गिरीलाई काठमाडौं जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा छाडिएको भन्दै उनले भुवनलाई थुनामै राखेर कारबाही गर्न माग राख्दै आत्महत्या प्रयास गरेकी हुन् ।

आरतीले शरीरमा पेट्रोल खन्याएर आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार उनको अवस्था सामान्य छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

आरतीले सुरक्षाकर्मीको आँखा छल्दै सर्वोच्च परिसर प्रवेश गरेकी थिइन् । उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् । भुवनविरुद्ध आरतीले वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् ।

यसअघि आरतीले जिल्ला अदालत काठमाडौंमा भुवनमाथि जुत्ता प्रहार गरेकी थिइन् । गत चैतमा पक्राउ गरिएका गिरीलाई जिल्ला अदालत कपिलवस्तुले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो ।