२० बैशाख २०८१, बिहीबार
Follow Us

अब पंन्जिकृत सदस्यले एनआरएनए केन्द्रीय नेतृत्व चुन्न सक्ने !

नेपालब्रिटेन डट कम्
११ माघ २०८०, बिहीबार ०१:२२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाको केन्द्रीय नेतृत्व चयनको अधिकार पंन्जिकृत सदस्यहरुलाई दिने गरि विधान संशोधन गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षमा गत सोमवार चन्द्रागिरीमा बसेको संघको ९५ औं बैठकले यसअघि कायम रहेको प्रतिनिधि प्रणालीलाई संशोधन गर्दै विश्वभर छरिएका साधारण सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था गर्न लागेको हो । हाल गैरआवासीय नेपाली संघका करिब १ लाख दर्ता भएका पंन्जिकृत सदस्यहरु रहेका छन् ।

गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) ९५ औं पूर्ण बैठक तथा ३ दिने कार्यशाला गोष्ठी सोमवार चन्द्रागिरिमा सम्पन्न भएको थियो । गोष्ठीमा सहभागि पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सुझावको आधारमा सो निर्णय भएको हो ।

गोष्ठीमा दुई दर्जन देशका ७० भन्दाबढी कार्यसमितिका सदस्यहरु र अन्य पदाधिकारी तथा सदस्यहरूको भर्चुअल माध्यमबाट सहभागि रह्यो ।
कार्यशालामा संस्थाका ८ विभागीय प्रमुखहरुले आआफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यशालामा नेपालका प्रमुख ६ राजनीतिक दलका नेताहरुसंग एनआरएनए नागरिकता, विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकार लगायतका विषयमा छलफल गरेका थिए ।