३२ असार २०८३, बिहीबार
Follow Us

‘ईदुल फित्र’को दिन सार्वजनिक विदा

nepalbritain news
१६ जेष्ठ २०७६, बिहीबार १३:०७

काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाँड ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताएका हुन्।

मुस्लिम आयोगको सिफारिसमा सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ। यस वर्ष आगामी जेठ २३ गते इदुल फित्र पर्दछ।

त्यसैगरी सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई बर्खास्त गरेको छ। मन्त्री बास्कोटाले मन्त्रीपरिषद बैठकले कोषका सदस्य सचिव ढकाललाई बर्खास्त गर्ने निर्णय गरिएको बताएका हुन्।

धेरै पढिएको