२६ बैशाख २०८१, बुधबार
Follow Us

मन्त्रिपरिषद् बैठकले संसोधन प्रस्ताव पारित गर्ने

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७४, आईतवार ०७:४६

काठमाडौं । सरकारले संबिधान संसोधन प्रस्ताव आज परिमार्जन सहित पारित गर्दैछ । मधेसी मोर्चासँग भएको सहमति अनुसार आज बसेको मन्त्रीपरिषद बैठकले संसोधन प्रस्ताव पारित गर्न लागेको हो । फास्टट्रयाकमा संसोधन प्रक्रिया संसदवाट टुग्याउने गरि सरकारले संसोधन प्रस्ताव पारित गर्न लागेको हो । मन्त्रीपरिषदवाट दुइचरणमा निर्वाचन, स्थानीय तहको संख्या थप, सिमांकन हेरफेरका लागि बनाइने संघीय आयोग गठन लगायतका विषय पारित गर्ने सरकारको तयारी छ । मन्त्रीपरिषदको निर्णय लगत्तै सत्तारुढ दल र मोर्चाबीच आन्दोलन स्थगित गरि निर्वाचनमा जाने सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ ।

निधि पनि मन्त्रिपरिषद् बैठकमा
वरियता विवादका कारण मन्त्रिपरिषद् बैठक बहिस्कार गर्दै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आइताबारको बैठकमा सहभागी भएका छन् । उनी अब नियमित बैठकमा जाने छन् । निधी बरियता विवाद थाती राख्दै मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन र मधेस, देश र कांग्रेसको हितलाई ध्यानमा राखेर निधी मन्त्रिपरिषद् बैठकमा सहभागी भएको उनको प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । अर्का उपप्रधानमन्त्री कमल थापासँगको बरियता विवादपछि निधीले बैठक बहिस्कार गरेका थिए ।