२२ बैशाख २०८१, शनिबार
Follow Us

सीता एयर भित्तामा ठोकिएपछि पखेटा फुट्यो

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७४, आईतवार ०७:५०

सल्लेरी । सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आज बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । विमानमा चालक दलका तीन सदस्यसहित १७ यात्रु सवार थिए । तीमध्ये १२ विदेशी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।