१६ बैशाख २०८१, आईतवार
Follow Us

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एनआरएनए (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०८०, शनिबार ०२:१२

कास्की । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार सम्पन्न १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गैरआवासीय नेपाली संघले सहभागीता जनाएको छ ।

१३ राष्ट्रका ५० विदेशी खेलाडी भाग लिएको म्याराथनमा सहभागी हुन् संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसी लगायतका पदाधिकारी पोखरा पुगेका छन ।

शनिबार हुने ४२.१९५ किलोमिटर म्याराथनमा ३१ विदेशीसहित कुल १ सय ८ धावकले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, साउदी अरेबिया, ताइवान, बेलायत र अमेरिकाका धावकको सहभागिता थियो ।

महिला हाफ म्याराथन (२१ किमि) मा १७, पुरुष १० किमि दौडमा १ सय २९ र महिला १० किमि दौडमा २९, ५ किमि छात्रमा ५ सय ९० र छात्रामा ४ सय ८० जनाले प्रतिस्पर्धा गरेका थिए ।

सो प्रतियोगितमा गैर आवासीय नेपाली संघले ७ लाख ५० हजार रुपैया आर्थिक सहयोग समेत गरेको थियो । संघले आगामी तीन वर्ष सम्म लगातार सो प्रतियोगितामा प्रयोजकको रुपमा सहयोग गर्ने भएको छ । बिहीबार पोखरेली मञ्च युकेले तमु धिं यूके, बगर भाई खलक यूकेबाट संकलित १९ लाख २४ हजार २ सय ४० रुपैयाँ पोखरा म्याराथनका लागि सहयोग गरेको थियो ।

संस्थाका अध्यक्ष करम गुरुङले भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई रकम हस्तान्तरण गरेका हुन् । बगर भाइ खलक यूकेका अध्यक्ष तथा संघका आइसीसी सदस्य दिलरास गुरुङले आफ्नो तर्फबाट नगद ५० हजार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पोखरेली मञ्च अस्ट्रेलियाका संयोजक चन्द्रप्रकाश गुरुङले गैर आवासीय नेपाली संघ अस्ट्रेलियाबाट प्राप्त १ लाख र आफ्नोतर्फबाट संकलित १ लाख ३६ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरे ।

म्याराथन विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । गण्डकी प्रदेशतर्फ विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार प्राप्त गरे ।

महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख, तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गरे । १० किमि महिला तथा पुरुष विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गरे । ५ किमि छात्रछात्रा दौडको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ७ हजार रुपैयाँ प्राप्त गरे । पाँच किमि भेट्रान महिला र पुरुष विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले ७ हजार रुपैयाँ नगद पुरस्कार जिते ।

प्रतियोगितमा सहभागी हुन् गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, युरोप उपक्षेत्रीय संयोजक महेश अधिकारी, आइसीसी सदस्य विक्रम कार्की (कतार), पूर्वआईसीसी सदस्यद्धय अर्कराज तिमल्सिना, कृष्ण ढकाल र संघका निवर्तमान प्रवक्ता शिव बरुवाल पोखरा पुगेका थिए ।