१९ बैशाख २०८१, बुधबार
Follow Us

चुनौतिकाबीच महत्वपूर्ण उपलब्धि : डा. बद्री केसी, अध्यक्ष एनआरएनए (प्रतिवेदन सहित)

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०८०, आईतवार १२:०९

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले चुनौतिकाबीच संस्थाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् । डा. केसीले आइतवार आफ्नो त्रैमासिक प्रतिवेदनमा परोपकार, संस्थागत विकास लगायतमा संस्थाभित्र महत्वपूर्णका काम उल्लेख गरेका छन् ।

संघको गत अक्टोबर महिनामा सम्पन्न ११ औं महाधिवेशनले दिएको मार्गदिशा अनुरूप संस्थाले विगत तीन महिनामा महत्त्वपूर्ण काम सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिवेदनमा ‘संघको नवीकरण प्रक्रियामा देखिएको अवरोधलाई उच्च अदालत पाटनले बाटो खोलिदिएको छ । संघको पूर्व प्रतिबद्धता अनुरूप थप तीन प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण गरिएको छ । जाजरकोट, रुकुम पश्चिममा गएको भूकम्प पीडितहरूको लागि सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको विषय’ उल्लेख छन्।

डा. केसीले ‘संस्थाका नियमित मुद्दाहरू एनआरएनए नागरिकता, वैदेशिक रोजगारीका समस्या, १० अर्ब परियोजना, भूपू गोर्खाहरुले उठाएका मागलगायतका विषयमा सम्बन्धित निकायलाई घच्घच्याउने काम भएको छ । विगत तीन महिना संस्थागत विकास, संस्थाले उठाएका मुद्दालगायत करिब ७ करोड रुपैयाँको परोपकारी काम गरेर संघले ऐतिहासिक उपलब्धि हासिल गरेको’ प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिवेदनको पूर्णपाठ

गैरआवासीय नेपाली संघ
अध्यक्ष डा. बद्री केसी
त्रैमासिक प्रतिवेदन (नोभेम्बर २०२३ – जनवरी २०२४)

नेपालीको लागि नेपाली भन्ने मूल मन्त्रसहित नेपालको समृद्धिको परिकल्पना गर्दै स्थापना भएको गैरआवासीय नेपाली संघले दुई दशक पार भएको छ । संघको गत अक्टोबर महिनामा सम्पन्न ११औं महाधिवेशनले दिएको मार्गदिशा अनुरूप संस्थाले विगत तीन महिनामा महत्त्वपूर्ण काम सम्पन्न गरेको छ । संघको नवीकरण प्रक्रियामा देखिएको अवरोधलाई उच्च अदालत पाटनले बाटो खोलिदिएको छ । संघको पूर्व प्रतिबद्धता अनुरूप थप तीन प्रदेशमा मोबाइल ‘ब्लड बस’ हस्तान्तरण गरिएको छ । जाजरकोट, रुकुम पश्चिममा गएको भूकम्प पीडितहरूको लागि सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । विभिन्न चुनौतीबीच संस्थागत गतिविधिहरूलाई समेत तीव्र पारिएको छ । संस्थाका सल्लाहकार, अन्तर्राष्ट्रिय समन्वय परिषदमा मनोनयन, फेस टु फेस (प्रत्यक्ष) बैठक लगायतका काम यसैबीचमा सम्पन्न भएका छन् ।

संस्थाका नियमित मुद्दाहरू एनआरएनए नागरिकता, वैदेशिक रोजगारीका समस्या, १० अर्ब परियोजना, भूपू गोर्खाहरुले उठाएका मागलगायतका विषयमा सम्बन्धित निकायलाई घच्घच्याउने काम भएको छ । विगत तीन महिना संस्थागत विकास, संस्थाले उठाएका मुद्दालगायत करिब ७ करोड रुपैयाँको परोपकारी काम गरेर संघले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यसै वर्ष संघले नेपालमा महिला तथा युवा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । यी उपलब्धिका लागि सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारी, राष्ट्रिय समिति र गैरआवासीय नेपालीप्रति आभार व्यक्त गर्दै संस्थागत रूपमा भएका गतिविधिलाई बुँदागत रूपमा प्रस्तुत गर्दछु ।

१. २१ अक्टोबर २०२३ मा संघको ११ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक तथा ९२औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकमा संघका भावी योजनाका साथै संघका विभिन्न विषयमा निर्णय गर्दे सम्पन्न भएको थियो ।

२. २१ अक्टोबर २०२३ मा संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षताको एक प्रतिनिधिमण्डलले राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेशप्रसाद तिमिल्सिनासँग भेटघाट गर्दै संघको ११औं विश्व सम्मेलन तथा महाधिवेशनका विषयमा छलफल सम्पन्न गरेको थियो ।

३. २८ अक्टोबर २०२३ मा संघका अध्यक्ष डा बद्री केसीको अध्यक्षताको एक प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री माननीय एनपी साउदसँग भेटघाट गर्दै संघको विश्व सम्मेलन र महाधिवेशनको विषयमा छलफल गरेको थियो ।

४. ३१ अक्टोबर २०२३ मा वर्तमान कार्यकालको पहिलो पदाधिकारी बैठकले ९३औं आईसीसी बैठकको एजेण्डा तय गरेको थियो ।

५. ४ नोभेम्बर २०२३ मा जाजरकोट, रुकुम पश्चिमलगायत क्षेत्रमा गएको भूकम्पबाट निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहयोगको लागि अपिल गरिएको थियो ।

६. ४ नोभेम्बर २०२३ मा आईसीसीको आकस्मिक बैठक गरी जाजरकोट, रुकुम पश्चिमलगायत सुदूरपश्चिमका क्षेत्रमा गएको भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने र भूकम्प पीडितको परिवारहरूलाई सहयोग गर्नको लागि रु १ करोड १० लाखको राहत कोष निर्माण गर्ने घोषणा गरिएको थियो ।

७. ६ र ७ नोभेम्बर २०२३ मा भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा संघद्वारा राहत वितरण कार्य सम्पन्न गरिएको थियो ।

८. ८ नोभेम्बर २०२३ मा संघको स्वास्थ्य समितिको आयोजनामा जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितमा देखिएका स्वास्थ्यसम्बन्धी समस्याबारे छलफल गर्दै शिविर सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

९. ९ नोभेम्बर २०२३ मा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूको राहतसम्बन्धी विषयमा एसिया प्रशान्तको अनलाइन बैठक सम्पन्न ।

१०. १० नोभेम्बर २०२३ मा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको राहतसम्बन्धी विषयमा युरोपको अनलाइन बैठक सम्पन्न ।

११. १२ नोभेम्बर २०२३ मा गैरआवासीय नेपाली संघद्वारा जाजरकोट जिल्लाको भूकम्प प्रभावित क्षेत्र जाजरकोटको रिम्नामा स्वास्थ्य शिविर सम्पन्न । शिविरमा २०० भन्दा बढी व्यक्तिको सहभागिता ।

१२. १३ नोभेम्बर २०२३ मा ९३औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकद्वारा गत महाधिवेशनमा छुटेका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण गराइएको थियो ।

१३. २५ नोभेम्बर २०२३ मा संघद्वारा विभाग, समिति, कार्यदल, सदस्य चयन प्रक्रियालगायतको विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

१४. २६ नोभेम्बर २०२३ ९४औं आईसीसी बैठकद्वारा विभाग, समिति, कार्यदलको गठन, भूकम्प पीडितका लागि राहत कोष सञ्चालनमा ल्याउने निर्णय भएको थियो ।

१५. २७ नोभेम्बर २०२३ मा छैठौं सामाजिक सुरक्षा कोष दिवसमा गैरआवासीय नेपाली संघको सहभागिता रहेको थियो ।

१६. २८ नोभेम्बर २०२३ मा संघको ११औं महाधिवेशनमा भएको निर्वाचन प्रक्रियाबारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

१७. ३ डिसेम्बर २०२३ देखि संस्थाका गतिविधिलाई नियमित रूपमा गैरआवासीय नेपालीसमक्ष ल्याउने उद्देश्यले पडकाष्टको सुरुवात ।

१८. ४ डिसेम्बर २०२३ मा गैरआवासीय नेपाली संघद्वारा पोर्चुगलमा हालसालै निधन हुनुभएका धनबहादुर क्षेत्रीको परिवारलाई रु २ लाख सहयोग हस्तान्तरण ।

१९. ५ डिसेम्बर २०२३ मा गैरआवासीय नेपाली संघको महिला विभागद्वारा युएईमा निधन हुनुभएका सरिता पहरीका श्रीमान् अखिलकुमार पहरीलाई आर्थिक सहयोग गरिएको थियो ।

२०. ६ डिसेम्बर २०२३ मा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार संघका पूर्वआईसीसी सदस्य तथा नेपाल साइन्स फाउन्डेसनका सभापति डा राजु अधिकारी सम्मानित हुनुभएको थियो । उक्त पुरस्कार वितरण समारोहमा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको सहभागिता थियो ।

२१. १६ डिसेम्बर २०२३ मा आईसीसीका पदाधिकारी तथा सदस्यहरू र युरोप क्षेत्रका एनसीसीबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न । युरोप क्षेत्रका एनसीसीको आइसीसीसँग सम्बन्धका साथै युरोप क्षेत्रमा रहेका एनसीसीको कार्ययोजना तथा गतिविधिबारे छलफल तथा अन्तर्क्रिया सम्पन्न ।

२२. संघको १७ डिसेम्बर २०२३ मा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय तथा पदाधिकारी बैठकद्वारा विधान अनुरूप २१ जना आईसीसी सदस्य र २१ जना सल्लाहकार समिति, अनुशासन समिति, विधान समितिको संयोजक, अनुशासन समिति तथा ३ सदस्यीय विधान व्याख्या समिति गठन गरिएको थियो ।

२३. संघको केन्द्रीय कार्यालयमा २८ डिसेम्बर २०२३ मा सम्पन्न पदाधिकारीको बैठकमा महिला सम्मेलन, विभाग, समिति कार्यदललगायतका विषयमा छलफल भएको थियो ।

२४. गैरआवासीय नेपाली संघको महिला फोरमको बैठक २८ डिसेम्बर २०२३ मा सम्पन्न । पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलन गर्ने निर्णय ।

२५. गैरआवासीय नेपाली संघले ७ जनवरी २०२४ मा अंग्रेजी नववर्ष २०२४ को अवसरमा (NRNA Global Diaspora Connet-2024) शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको थियो । सबै महादेशमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी, एनसीसीका पदाधिकारी, संस्थापकलगायतका अभियन्ता तथा अग्रजको सहभागिता थियो ।

२६. भूकम्प प्रभावित पश्चिम नेपालका महिला बालबालिकाको सहयोगार्थ महिला फोरमको आयोजनामा ९ जनवरी २०२४ मा च्यारीटी कार्यक्रम सम्पन्न ।

२७. गैरआवासीय नेपाली संघले १३ जनवरी २०२४ मा सम्पन्न प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागिता जनाएको थियो । सो उद्घाटन समारोहमा संघका तर्फबाट संघका प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो ।

२८. संघको फेस टु फेस बैठकको तयारीको लागि काठमाडौंमा उपस्थित पदाधिकारीको बैठक १४ जनवरी २०२४ मा सम्पन्न भएको थियो ।

२९. गैरआवासीय नेपाली संघको परोपकारी योजना अन्तर्गत कोशी प्रदेशको धरानमा १७ जनवरी २०२४ मा मोबाइल ब्लड बस नेपाल रेडक्रसलाई हस्तान्तरण गरिएको थियो ।

३०. १८ जनवरी २०२४ का दिन गैरआवासीय नेपाली संघको परोपकारी योजना अन्तर्गत मधेश प्रदेशको जनकपुरमा मोबाइल ब्लड बस नेपाल रेडक्रसलाई हस्तान्तरण गरिएको थियो ।

३१. २० जनवरी २०२४ मा संघद्वारा कंगोमा निधन हुनुभएका सुरेश सिलवालको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।

३२. २० जनवरी २०२४ का दिन संघद्वारा टि-२० विश्वकपमा छनौट भएकोमा नेपाल क्रिकेट संघलाई रु १० लाख आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

३३. २० जनवरीदेखि २२ जनवरी २०२४ सम्म गैरआवासीय नेपाली संघको ९५औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक तथा कार्यशाला गोष्ठी चन्द्रागिरि रिसोर्टमा सम्पन्न भएको थियो । सो गोष्ठीमा नेपालका प्रमुख ६ राजनीतिक दलका सांसदहरूको उपस्थिति थियो ।

३४. २३ जनवरी २०२४ मा संघद्वारा ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी र गण्डकी प्रदेश भलिबल संघलाई नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।

३५. २५ जनवरी २०२४ मा संघद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको थियो ।

३६. २६ जनवरी २०२४ का दिन संघद्वारा लुम्बिनी प्रदेश अन्तर्गत नेपालगन्ज रेडक्रस सोसाइटीलाई ब्लड बस हस्तान्तरण गरिएको थियो ।

३७. २७ जनवरी २०२४ का दिन संघद्वारा रेडहर्स फुटबल क्लबले आयोजना गरेको पहिलो एनआरएनए इलाम गोल्डकप प्रतियोगिताका लागि सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

३८. ३० जनवरी २०२४ का दिन सुदूरपश्चिका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा बद्री केसीबीच सचिवालयमा भेटवार्ता सम्पन्न । सुदूरपश्चिम क्षेत्रमा गैरआवासीय नेपालीको लगानीलाई प्रवर्द्धन गर्नेबारे छलफल भएको थियो ।

३९. ३१ जनवरी २०२४ मा संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको टोलीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यसँग भेटघाट । आगामी जुन महिनामा हुने विश्व महिला सम्मेलन, सडक बालबालिका परियोजनालगायतका विषयमा छलफल ।

४०. ३१ जनवरी २०२४ मा संघको सचिवालयमा संघका अध्यक्ष डा बद्री केसी र कोशी प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत डा सरोज कोइरालाबीच भेटघाट । कोशी प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलनबारे छलफल ।

४१. ३१ जनवरी २०२४ मा वैदेशिक रोजगारका विषयमा संघका अध्यक्ष डा बद्री केसी र हेल्भिटासका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

४२. १ फेब्रुअरी २०२४ मा गैरआवासीय संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको एक प्रतिनिधिमण्डलको माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग भेटघाट । वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोषका विषयमा छलफल ।

४३. १ फेब्रुअरी २०२४ मा संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसँग भेटघाट गरेको थियो । भेटमा गैरआवासीय नेपालीको लगानी तथा रोजगार सिर्जना कार्यक्रम तथा परियोजनाबारे छलफल भएको थियो ।

४४. १ फेब्रुअरी २०२४ मा संघका महिला उपाध्यक्ष र महिला सचिवको राष्ट्रिय महिला आयोगका प्रतिनिधिहरुबीच भेटघाट सम्पन्न भएको थियो ।

४५. ३ फेब्रुअरी २०२४ मा संघको तेस्रो अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक सम्पन्न ।

४६. लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि गैरआवासीय नेपाली संघ, लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकाबीच समन्वयको लागि ५ फेब्रुअरी २०२४ मा बैठक सम्पन्न भएको थियो ।

४७. ८ फेब्रुअरी २०२४ का दिन संघको सहयोगमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका -७ खाडीचौरमा रहेको श्री बाल शिक्षा माध्यमिक विद्यालयमा छात्र-छात्रालाई म्याट्रेस हस्तान्तरण गरिएको थियो ।

४८. ९ फेब्रुअरी २०२४ मा संघका अध्यक्ष डा. बद्री केसीलगायतका पदाधिकारी र युएन वुमनका प्रतिनिधिबीच सचिवालयमा भेटवार्ता सम्पन्न भएको थियो । संघले आयोजना गरेको महिला विश्व सम्मेलनबारे छलफल ।

४९. संघको सहयोगमा सञ्चालन भइरहेको सडक बालबालिका सम्बन्धी परियोजनाबारे ९ फेब्रुअरी २०२४ मा संघका अध्यक्ष डा. बद्री केसीलगायतका पदाधिकारी र युसेफका प्रतिनिधिबीच सचिवालयमा छलफल सम्पन्न ।

५०. नेपालको पर्यटन प्रवर्द्धनका विषयमा छलफलका लागि संघका अध्यक्ष डा. बद्री केसीलगायतका पदाधिकारी र पूर्वमन्त्री भीम आचार्यसँग ९ फेब्रुअरी २०२४ का दिन सचिवालयमा भेटवार्ता ।

५१. वैदेशिक रोजगारको क्षेत्रमा सहकार्यका लागि संघका अध्यक्ष डा. बद्री केसी, संघका पदाधिकारी र श्रम मन्त्रालयका प्रतिनिधिबीच ९ फेब्रुअरी २०२४ मा भेटवार्ता ।

धन्यवाद

डा. बद्री केसी

अध्यक्ष, गैरआवासीय नेपाली संघ