१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए पदाधिकारी बैठक सम्पन्न, कार्यदल गठन बारे छलफल

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०८०, आईतवार २०:३०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पदाधिकारी बैठक सम्पन्न भएको छ ।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सम्पन्न बैठकले कार्यदलको गठन, संस्थाका नियमित गतिविधि तथा ललिता निवास प्रकरणमा विशेष अदालतको फैसला पछि उत्पन्न परिस्थिति वारे छलफल भएको संघका महासचिव गौरीराज जोशीले जानकारी दिए ।

बैठकले संघका आन्तरिक कार्यदल तथा अनरी काउन्सिलको गठन आगामि एक साताभित्र गर्ने निर्णय गरेको छ ।

आइतवार, भरर्चुअल माध्यमा भएको बैठकमा संघका उपाध्यक्षहरु, महासचिव,उपमहासचिवहरु, सचिवहरु, कोषाध्यक्ष, सहकोषाध्यक्षहरु, महिला तथा युवा संयोजक लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।