२५ बैशाख २०८१, मंगलवार
Follow Us

महरालाई हिरासतमा होइन, अस्पतालमा राखिने

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०८०, सोमबार १४:१०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ। उनलाई स्वास्थ्य परीक्षण गरिसकेपछि नर्भिक अस्पतालमा राखिने छ । महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग गरेकोमा अदालतले उनको अवस्थालाई हेरेर अस्पताल राख्न स्वीकृति दिएको हो। उनको बिमारीबारे खुल्न सकेको छैन।

महरालाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डुले अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरीले जानकारी दिएको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए ।

लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ल्याइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो । भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई सोमबार नै कपिलवस्तुबाट पक्राउ गरेको थियो ।