२७ बैशाख २०८१, बिहीबार
Follow Us

मधेशमा कांग्रेसका मन्त्री बर्खास्त, एमाले नेता यादव मन्त्री नियुक्त

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०८०, सोमबार १४:१५

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर एमाले नेतालाई सरकारमा सहभागी गराएका छन ।

आज (सोमबार) एमाले संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री नियुक्त भएका मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् । मधेश सरकारमा नेपाली कांग्रेसबाट ३ जना मन्त्री रहेका छन ।

त्यस्तै जनमत पार्टीका सांसदले सरकार छाड्दा खाली भएका २ मन्त्रालय पनि मुख्यमन्त्रीको जिम्मामा रहेको छ । एमालेले मधेश प्रदेश सरकारमा ४ वटा मन्त्रालय पाउने लगभग पक्का भएको स्रोतले जानकारी दिएको छ ।

एमाले नेता सरोजकुमार यादव २७ पुस २०७९ मा मधेशको भौतिक पूर्वाधार मन्त्री बनेका थिए । तर केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।