३० बैशाख २०८१, आईतवार
Follow Us

इलाम–२ मा नाम सिफारिस भएका पार्टी नेतालाई देउवाले बोलाए

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०८०, बुधबार १५:५७

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम–२ को उम्मेदवारका आकांक्षीलाई छलफलका लागि बोलाएका छन् ।

आज (बुधबार) दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम–२ को उम्मेदवारका लागि सिफारिस भएकाहरूलाई आफ्नो निवासमा बैठक राखेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

आगामी १५ वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको लागी कांग्रेसको इलाम–२ निर्वाचन क्षेत्र, जिल्ला र कोशी प्रदेश समितिले ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

जसमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई छन् । उम्मेदवारका लागि नाम सिफारिस भएका काठमाण्डुमा रहेका नेताहरूसँग सामूहिक छलफलका लागि बोलाइएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा इलाम–२ बाट निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङको भदौ २६ मा निधन भएपछि आगामी वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ । यसअघि नेम्बाङसँग कांग्रेसका खड्का ११४ मतले पराजित भएका थिए ।