२१ बैशाख २०८१, शुक्रबार
Follow Us

घुस रकमसहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०८०, आईतवार १४:२८

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।

घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा कपिलवस्तु महाराजगन्ज नगरपालिका-२ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई नियन्त्रणमा लिएको अख्तियारको कार्यालय बुटवलका सूचना अधिकारी एवं उपसचिव ईश्वर प्रसाद आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार १५ हजार नगदसहित उनलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको छ ।