२३ बैशाख २०८१, आईतवार
Follow Us

रियल म्याड्रिड, म्यानचेस्टर सिटी तथा आर्सनल र बायर्न म्युनिख बराबरीमा रोकिए

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०८०, बुधबार ०७:११

लन्डन । बुधबार बिहान सम्पन्न च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा खेलमा रियल म्याड्रिड, म्यानचेस्टर सिटी, आर्सनल र बायर्न म्युनिखले बराबरी खेले । स्पेनिस क्लब रियल म्यान्ड्रिड र इग्लिस क्लब म्यानचेस्टर सिटीले ३–३ गोलको बराबरी खेले भने अर्को इंग्लिस क्लब आर्सनले जर्मनी क्लब बायर्न म्युनिखसँग २–२ गोलको बराबरी खेले ।

गएराति रियल म्याड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी ३-३ गोलको बराबरीमा रोकिएका हुन् । रियल म्याड्रिडका लागि रोड्रिगो र फेदेरिको भल्भेर्डेले एक-एक गोल गरेका थिए भने एक गोल सिटीका रुबेन डियाजले आत्मघाती गोल गरेका थिए ।

त्यसैगरी म्यानचेस्टर सिटीका लागि बेर्नार्डो सिल्भा, फिल फोडेन र जोसको गाभार्डिओलले एक-एक गोल गरेका थिए ।  अब क्वाटरफाइनलको दोस्रो लेग अप्रिल १८ मा म्यानचेस्टर सिटीको घरेलु मैदानमा हुने छ ।

आर्सनल र बायर्न म्युनिख २-२ गोलको बराबरीमा
यस्तै आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनल र बायर्न म्युनिख २-२ गोलको बराबरीमा रोकिएका छन् । बायर्नका लागि फेर्गी ग्नाब्री र ह्यारी केनले एक एक गोल गरेका थिए ।  त्यस्तै आर्सनलका लागि बुकायो साका र लिन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १८ मा बायर्न म्युनिखको घरेलु मैदानमा हुने छ । पहिलो लिगमा बराबरी खेलेपछि अब दोस्रो लिग रोमाञ्चक हुने भएको छ ।