१ श्रावण २०८३, शुक्रबार
Follow Us

इरानमाथि अमेरिकाको पुनः सैन्य आक्रमण, छैटौँ रातसम्म कारबाही जारी

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०८३, शुक्रबार ०४:३०

संयुक्त राज्य अमेरिकाले बिहीवार इरानमाथि पुनः अर्को चरणको सैन्य आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले एक विज्ञप्ति जारी गर्दै उक्त सैन्य कारबाहीको पुष्टि गरेको हो ।

सेन्ट्रल कमाण्डकाअनुसार इरानी सैन्य क्षमतालाई थप कमजोर बनाउने उद्देश्यले स्थानीय समयअनुसार बिहीवार दिउँसो २ बजेदेखि अमेरिकी सेनाले नयाँ चरणको आक्रमण शुरु गरेको हो । इरानमाथि अमेरिकाको यो लगातार छैटौँ रातको आक्रमण हो ।

गत जुन महिनाको मध्यतिर अमेरिका र इरानबीच शान्ति समझदारी पत्रमा हस्ताक्षर भएपनि पछिल्ला केही दिनयता दुई देशबीचको संघर्ष चुलिएको छ । उक्त समझदारीअनुसार दुवै पक्ष ६० दिनभित्र अन्तिम सम्झौताका लागि वार्ताको टेबुलमा बस्नुपर्ने प्रावधान थियो । तर वार्ताको वातावरण बन्नुको सट्टा पछिल्लो समय दुई राष्ट्रबीच सैन्य टकराव बढेको देखिएको छ ।
– एजेन्सी

धेरै पढिएको